ल्योसिंख्यका किसानलाई धान सुकाउन भ्याइनभ्याइ (तस्बिरहरु)

काठमाडौँ । भक्तपुर ल्योसिंख्य (योसिंखेल) का किसानहरू अहिले बिस्कुन् सुकाउन ब्यस्त छन् । तिहारको अघि मंसिरे चटारो अर्थात धान भित्र्याउन उनीहरूलाई भ्याइनभ्याइ भएको हो । तिहारको लक्ष्मीपूजामा नयाँ धान चढाउनका लागि पनि भक्तपुरका किसानहरू यतिबेला धान भित्र्याउन हतारिएका हुन् ।

ल्योसिंख्य टोलका करिव ५० घरधुरीले एकै ठाउँमा बिस्कुन् सुकाउँने गर्दछन्। अहिले भक्तपुरका खाली चोक तथा आँगनहरु धानको बिस्कुन् ले भरिएको देख्न सकिन्छ ।

धेरै बर्ष अघिसम्म राती छोपेर राखेको धान चोरी हुने डरले किसानहरू पालै पालो सुतेर धान कुर्ने गर्दथे । तर अहिले पहिलाको जस्तो चोरीको समस्या नभएको स्थानीय किसान बताउछन् ।

तथ्यांक अनुसार भक्तपुर जिल्लाको कुल खेतीयोग्य जमिनमध्ये ४ हजार ६ सय ४८ हेक्टर क्षेत्रमा धान रोपिदै आएको छ। भक्तपुरमा सरदर प्रत्येक बर्ष प्रतिहेक्टर ६ दशमलव २ टन धान उत्पादन हुने गर्दछ।

भक्तपुरका चार नगरपालिकामध्ये सूर्यविनायक र चाँगुनारायण नगरपालिका क्षेत्रमा धेरै खेतीयोग्य जमिन छन्। यहाँको चितपोल, नंखेल, सिपाडोल, गुण्डु, कटुञ्जे, सिरुटार, ताथली, सुडाल, बागेश्वरी, नगरकोट, दुवाकोटलगायतका ठाउँमा बढी धान खेती हुने गरेको छ।

समयमै पानी पर्ने र बिउबिजन लगायत रासायनिक मल सहजै पाइने हो भने धानको उत्पादन बढ्ने स्थानीय किसान बताउँदछन्।

तस्बिर

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *