टी २० विश्वकप : आजबाट सुपर १२ का खेल हुने

काठमाडौँ । आईसीसी टी२० विश्वकप क्रिकेटअन्तर्गत शनिबारदेखि सुपर १२ का खेल हुँदैछन्।

शुक्रबार भएका दुई खेलबाट आयरल्याण्ड र जिम्बाबेले माथिल्लो चरणमा पुगेसँगै सुपर १२ को समीकरण पूरा भएको हो।

नेदरल्याण्ड्स र श्रीलंकाले यसअघि नै सुपर १२ मा आफ्नो स्थान पक्का गरेका थिए।

सुपर १२ को पहिलो खेलमा शनिबार नेपाली समयअनुसार पौने १ बजे अष्ट्रेलिया र न्युजिल्याण्डबीच प्रतिस्पर्धा हुनेछ।

त्यस्तै दोस्रो खेलमा अपराह्न पौने ५ बजे अफगानिस्तान र इंग्ल्याण्डबीच प्रतिस्पर्धा हुनेछ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =