टिभिएसले सार्वजनिक गर्यो नयाँ टिभिएस एनटर्क १२५ रेस एक्सपी

काठमाडौँ । टिभिएस मोटरको नेपालको एकमात्र आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले नयाँ टिभिएस एनटर्क १२५ रेस एक्सपी सफलतापूर्वक सार्वजनिक गरेको छ । काठमाडौँको भृकुटीमण्डपमा कार्तिक २ गते भएको यस कार्यक्रममा टिभिएसका ब्रान्ड एम्बेसडर स्वस्तिमा खड्का र प्रदीप खड्काद्वारा नयाँ टिभिएस एनटर्क १२५ रेस एक्सपीको अनावरण गरिएको थियो । जगदम्बा मोटर्सका सीईओ दीपक अग्रवाल र भाईस प्रेसिडेन्ट दीपक रौनियारद्वारा कार्यक्रमको उद्घाटन गरियो । यस कार्यक्रममा कलाकार उषा उप्रेती र विपिन श्रेष्ठको उपस्थिति रहेको थियो भने कलाकार प्रताप दास र रचना रिमालको विशेष प्रस्तुति रहेको थियो ।

लन्च कार्यक्रम संगै जगदम्बा मोटर्सले ‘टीभीएस ग्रेट ग्रान्ड एक्सचेञ्ज एन्ड फाइनान्स मेला’ नामक एक्सचेन्ज मेला पनि आयोजना गरेको छ । असोज ३१ बाट सुरु भएको यो मेला कार्तिक ५ गते सम्म काठमाडौंको भृकुटीमण्डपमा चल्ने छ । यस एक्सचेन्ज मेलामा ग्राहकहरुले कुनै पनि ब्राण्डका पुरानो बाईक तथा स्कुटर एक्सचेन्ज गर्दा आर्कषक छुट तथा उपहारहरु पाउने छन् । यस मेलामा सहभागी हुने ग्राहकलेआफ्नो पुरानो बाईक तथा स्कुटर एक्सचेन्ज गरेर टिभिएसको दुई पाङ्ग्रे सवारी साधन लिँदा बजार मुल्याङ्कन भन्दा रु ७ हजार बढीको मूल्य पाउने छन्, साथै नकिन्दै १ लाख र किन्दा १० लाख सम्मको नगद छुटको पनि व्यवस्था छ । यो योजनामा आर्कष्क फाइनान्स अफर पनि समावेश छ, जस अन्तर्गत न्यूनतम २५ प्रतिशत डाउनपेमेन्ट र रु ४ हजार २ सय ७७ को मासिक ईएमआइमा बाइक तथा स्कुटर लिन सकिन्छ । यस बाहेक ग्राहकहरुले हेलमेट, बाइक कभर, र ब्याग जस्ता उपहार पनि प्राप्त गर्न सक्ने छन् ।

कनेक्टेड मोबिलिटीको क्षेत्रमा आफ्नै छुट्टै स्थान बनाइसकेको टिभिएसले स्कुटर उध्योगमै सबैभन्दा पहिलो भोइस–असिस्ट फिचर यस स्कुटरमा समावेश गर्न सफल भएको छ । स्मार्टसोनेक्ट कनेक्टिभिटी प्ल्याट्फम मार्फत संचालित भोइस–असिस्ट फिचर उपलब्ध यस स्कुटरलाई टिभिएस कनेक्ट मोबाइल एप मार्फत सजिलै कनेक्ट गर्न सकिन्छ ।

युवा वर्गको लागि लक्षित गरेर डिजाइन गरिएको एनर्टक स्कुटरमा रहेको भ्वाइस असिस्टको सहायताबाट राइडरहरुले मोड चेन्ज, नाभिगेसन, कन्सोल ब्राइट्नेस अड्जस्टमेन्ट र डिएनडि लगायत अन्य थुप्रै कनेक्टिभिटि फंसनहरु सजिलै प्रयोग गर्न सक्नेछन् । यसले गर्दा राइडरहरुले ड्राइभ गर्दा–गर्दै पनि कुनै पनि ब्लुटुथ कनेक्टेड डिभाइस मार्फत आवाजकै भरमा विभिन्न सेटिङ्हरु कन्ट्रोल गर्न सक्छन् । त्यस्तै यसको अर्को मेजर अपडेट भनेको पर्फर्मेन्स पारामिटरलाई ग्राफिकल्लि देखाइएको छ ।

यसैगरी यसमा नियमित आवतजावत गरीरहने रुटहरु सेभ पनि गर्न मिल्छ जसले गर्दा यसको न्याभिगेसन झनै उपयोगी बनाएको छ । यसमा समावेश गरिएको टिभिएस रेसिङ पेडिग्रीले स्कुटरलाई उच्चतम पर्फर्मेन्स प्रदान गर्छ । साथै यसमा भएको रेस टनेल फुएल इन्जेक्सन ईन्जिनले ५५०० आरपी टर्क प्रदान गर्दछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *