साताका सात तस्बिर

काठमाडौँ । यो साता ‘साताका सात तस्विरहरुमा हामीले साताभरी खिचेको केही तस्बिर प्रकाशित छौँ । हेर्नुहाेस् मनमाेहक तस्बिर र तस्बिबार संक्षिप्त जानकारी–
फूलको पर्व

फूलहरुको पर्व तिहार नजिकिँदै गर्दा मखमली फूल टिप्न व्यस्त भक्तपुर गुण्डुका किसान ।
गोधुली साँझ

सुर्यास्त हुनु केही समयअघि काठमाडाैँकाे टुँडिखेलबाट कैद गरिएको धरहरा आसपासको क्षेत्र ।
तिहारका लागि तयारी कुचो 
तिहारको लक्ष्मीपूजाको दिन नयाँ अम्रिसोको कुचोसमेत पुजा गरिने धार्मिक परम्पराअनुसार अहिले बजारमा अम्रिसोको कुचोको माग बढेको छ ।
अमर प्रहरी परिवार

६७ औँ प्रहरी दिवसको अवसरमा अमर प्रहरी परिवारलाई सम्मान गरेपछि भावविह्वल हुँदै परिवार ।
सन्दीपको पर्खाइ

नाबालिक बलात्कारको अभियोगमा हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेलाई म्याद थप गर्न अदालत ल्याउँदा समाचार संकलन गर्न उपस्थित पत्रकार ।
काठमाडौँबाट देखिएको मनास्लु

मौसम खुलेको बेला काठमाडौँबाट कैद गरिएको गोरखा जिल्लामा अबस्थित ८१६३ मिटर अग्लो, विश्वको ८ औँ अग्लो हिम शिखर मनास्लु ।
बालबालिकालाई भिटामिन ए

कार्तिक २ र ३ गते राष्ट्रिय भिटामिन ए कार्यक्रम अन्तर्गत ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ए खुवाइँदै ।








