होण्डाले ल्यायो ‘तिहार एक्सचेन्ज महोत्सव’

काठमाडौँ । होण्डा टु व्हीलर्स्को आधिकारिक विक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले ‘तिहार एक्सचेन्ज महोत्सव’ नामक आकर्षक ग्राहकमुखी उपहार योजना लिएर आएको छ । यो योजना अन्तर्गत ग्राहकले, प्रत्येक एक्सचेन्जमा थप रु. सात हजार वा दशैं/तिहार योजना रोज्न सक्नेछन् ।

कम्पनीका अनुसार यो योजनाअन्तर्गत होन्डाका पहिलो २५० ग्राहकहरूले एक्सचेन्जको न्यूनतम मूल्याङ्कन रु. ५० हजार पाउनेछन् ।

योजना २०७९ कार्तिक १ देखि ६ गते सम्म सीमित अवधिको लागि मात्र लागू हुनेछ ।

नेपालमा सर्वाधिक रुचाइएको होण्डाको मोटरसाइकल तथा स्कुटरको हकमा आएको यो आकर्षक उपहार योजनाले ग्राहकहरूमा थप उत्साह जगाउने विश्वास कम्पनीले लिएको जनाएको छ ।

.

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *