म्यादी प्रहरीको आधारभूत तालिम सुरु (तस्बिरहरू)

काठमाडौँ । यही मङ्सिर ४ गते हुन लागेको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको लागि अपुग सुरक्षाकर्मी पूर्ति गर्न सरकारले देशभर १ लाख १५ हजार म्यादी प्रहरीको भर्ना खोलेको छ । यसरी भर्ना भएका म्यादी प्रहरीको सेवा अवधि ४० दिनको हुनेछ।
म्यादी प्रहरीको सेवा तथा सुविधा अनुसार उनीहरूका लागि प्रतिदिन ८ सय ६९ रुपैयाँको दरले ४० दिन सम्मको व्यक्तिगत बैंक खातामा रकम जम्मा गरी दिने गरी जम्मा पारिश्रमिक ३४ हजार ७६० रुपैयाँ प्राप्त हुनेछ।
निर्वाचनका क्रममा खटिने म्यादी प्रहरीहरूलाई खटिएको ठाउँमा आउने र जाने तयारी स्वरूप प्रति म्यादी प्रहरी एकमुष्ट १ हजार रुपैयाँका दरले तयारी खर्च उपलब्ध हुनेछ भने ३ सय रुपैयाँको दरले ४ दिनका लागि खाजा खर्च समेत उपलब्ध हुनेछ।
म्यादी प्रहरीमा भर्ना हुन शारीरिक र लिखित परीक्षाबाट छनौट भएकाहरूलाई आधारभूत तालिम दिन सुरु गरिएको छ । नेपाल प्रहरीले यही असोज ३० गतेदेखि उनीहरूलाई विभिन्न स्थानमा आधारभूत तालिम दिन थालेको हो । तालिम कात्तिक ८ गतेसम्म हुनेछ ।
प्रहरी वृत्त जनसेवा अन्तर्गत ५३ जना म्यादी प्रहरीको टुँडिखेलमा भइरहेको आधारभूत तालिमका तस्बिरहरू 
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *