बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै (तस्बिरहरु)

काठमाडौँ । नेपाल सरकारले आज बुधबार देखि भोलि बिहिवार सम्म (कात्तिक २ र ३ गते) देशभरका बालबालिकाहरुलाई ७५३ वटै स्थानीय पालिका मार्फत भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाउन सुरु गरेको छ । राष्ट्रिय भिटामिन ए कार्यक्रम अन्तर्गत ६ देखि ५९ महिना उमेर समुहका बालबालिकाहरुलाई भिटामिन ‘ए’ र १ देखि ५ वर्ष उमेर समूहका बालबालिकाहरुलाई जुकाको औषधि खुवाउन सुरु गरेको हो ।

नेपाल सरकार, स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाका अनुसार दुई दिने यस अभियानमा ६ देखि ५९ महिनाका करिब २७ लाख बालबालिकाहरुलाई भिटामिन ए र २३ लाख ९३ हजारभन्दा बढी बालबालिकाहरुलाई जुकाको औषधि खुवाउने सरकारको लक्ष्य छ । ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि सरकारी स्तरबाटै २०५३ सालबाट भिटामिट ए र २०५८ सालदेखि जुकाको औषधि हरेक वर्ष ६-६ महिनाको फरकमा दुई पटक खुवाउँदै आएको छ ।

यहि अभियानमा उक्त उमेर समुहका बालबालिकाहरुलाई बालभिटा समेत वितरण गरिने छ । सरकारले आ-आफ्ना बालबालिकाहरुलाई ७५३ वटै पालिका अन्तरगत नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका मार्फत भिटामिन ए र जुकाको औषधि खुवाउन समेत सर्वसाधारणलाई आग्रह गरेको छ ।

तस्बिरहरु:-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *