नजिकिँदै झिलिमिली तिहार, पाला बनाउँदै भक्तपुरका ‘कुम्ह:’ (तस्बिरहरू)

भक्तपुर । अघिपछि अल्लि फुर्सदमा हुने भक्तपुरका ‘कुम्हः’ अर्थात् कुमालेहरुलाई अहिले भ्याइनभ्याइ छ । पोटरी स्क्वायरको नामले चिनिने भक्तपुरको बोलाछें तालाक्व टोलका प्रजापति समुदायका उनीहरू आफ्नो पुर्खौली पेशाअन्तर्गत माटोका भाँडाकुँडाहरु बनाउँछन् ।

उनीहरु धुपौरो, दियो, गाग्री, आरी, गमला, स्ट्रे लगायत सजावटका विभिन्न सामान बनाउँछन् । तर, अहिले भने उनीहरुलाई तिहारमा बत्ती बाल्न चाहिने पाला बनाउन भ्याइनभ्याइ छ ।

तिहारमा झिलिमिली बनाउने बिजुली बत्ती आए पनि पालाको प्रयोग घटेको छैन । पालामा तेल र बाती राखेर बाल्ने परम्परा घरघरमा अहिले पनि कायमै छ । वर्षेनी तिहार आएपछि पालाको माग धेरै नै हुने गरेकाे छ ।

बोलाछें तालाक्व टोलमा तिहारका लागि पाला बनाइँदै (तस्बिरहरू)



 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *