छायाे शरदीय माैसम, देखिए चहकिला हिमाल (तस्बिरहरू)

काठमाडौँ । अहिले देशभर शरदीय ऋतु छाएकाे छ । माैसम खुलेपछि काठमाडाैँ उपत्यकाबाट समेत सेता स्निग्ध चहकिलाे हिमालका लहर निकै स्पष्टसँग देखिएका छन् ।  उपत्यकाबाट देखिने मनास्लु, गणेश, लाङटाङ हिम शृङ्खला, जुगल(दोर्जे लाक्पा), रोल्वालिङ हिम शृङ्खला तथा र गौरीशङ्कर हिमालका दृश्यहरू अहिले छर्लङ्ग देखिएका छन् ।

काठमाडाैँ उपत्यकामा गर्मी सकिएर अलिअलि जाडाे सरू भइसकेकाे छ । लामाे वर्षाकाे समाप्तिपछि शरदीय माैसमले गाउँघर, सहर बजार र देशै रमाइलाे तथा घमाइलाे बनेकाे छ । त्यसमाथि दशैंँ सकिएर झिलिमिलीकाे उज्यालाे पर्व तिहार(दिपावली)काे उल्लाष छाउँदै छ ।

दशैँसम्म झरी परिरहेको मौसम केही दिनअघि मात्र खुलेको थियाे । नेपालीहरूको अर्काे ठुलो चाड तिहार को सँघारमा खुलेको मौसमले दृश्य नै मनमोहक बनाएको छ ।

भक्तपुरकाे कटुञ्जे हाइटबाट देखिएका दृष्यहरू 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *