पदलाई भन्दा पनि परिमाणलाई प्राथमिकता दिन्छु : पुर्णबहादुर खड्का

सुर्खेत । नेपाली काँग्रेसका उपसभापति पुर्णबहादुर खड्काले पदलाई भन्दा पनि परिमाणलाई प्राथमिकता दिने बताएका छन्। आगामी निर्वाचनलाई लक्षित गरि सोमबार गृह जिल्ला सुर्खेत आएका उनले सुर्खेत विमानस्थलमा पत्रकारसङ्ग कुरा गर्दै उनले निर्वाचनले नेपालीको घर आगनमा उज्यालो स्थिरता र शान्ती कायम हुने बताए।

काँग्रेस उपसभापति खड्का सुर्खेत क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यको लागी उम्मेदवार पनि हुन। ७० बर्षको लामो संघर्षबाट संविधान बनाएको बताउँदै संसारमा प्रचलित मानव अधिकार सुनिस्चित गरेको, सबैको प्रतिनिधित्व भएको लोकतान्त्रिक शासन प्रणाली स्थापना गरेको र अब संविधानको रक्षा गर्नुपर्ने बताए।

मंसिर ४ को निर्वाचन मार्फत आम नेपालीले मतदाहरुलाई बिगतका उतारचढाब र घटनाको अध्यान गर्दै, नेपालको संविधान रक्षा गर्दै आएका पार्टीहरुलाई मत दिएर हामिलाई अनुमोदन गर्नुहुनेछ।ु उनले भने । ‘केही कमजोरी भए तिनलाई नदोहोराउने र संविधान संकट परेको बेला संघर्ष गर्ने पार्टीहरुलाई यहाँका मतदाताले छान्नेछन्।’

देशको नेतृत्व गर्ने हिम्मत गर्नुहुन्छ भन्ने पत्रकारको प्रश्नमा उपसभापति खड्काले आफ्नो राजनीति जिवनमा समन्वयकारी भुमिका रहेको बताउँदै उनले भने, ‘गठबन्धन निर्माण र कर्णाली प्रदेश सरकार बनाउनमा पनि समन्वयकारी भुमिका रह्यो अब समन्वयकारी सङ्ग मुलुकको शासनमा सुधार गर्दै, जनताको उन्नती प्रगती र संविधानको रक्षामा हस्तक्षेपकारी भुमिकामा हुनेछु।’

पदलाई प्राथमिकता भन्दा पनि परिमाणलाई प्राथमिकता दिदै। मैले मन्त्रीको रुपमा गर्न पर्ने कामहरु गरे र यस्को अनुभव प्राप्त गरिसके फेरि फर्केर मन्त्री नहुने संकल्प गरेको ७ बर्ष भयो । कर्णाली प्रदेशबाट हुनुपर्ने निर्णायक र हस्तक्षेपकारी भुमिका गरेका छौं उनले भने । साथै उनले सत्ता गठबन्धनमा कुनै विवाद नरहेको बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − 4 =