आजको आजको मौसम कस्तो रहला ?

काठमाडौँ । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन । जसकारण पश्चिमी पहाडीबाहेक देशभरको मौसम सफा रहेको छ । दिउँसो सुदूरपश्चिम र कर्णालीका पहाडी भूभागमा आंशिक बदली रहने आकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ ।

बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम र कर्णालीका एक९दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि रहेको छ । मंगलबार दिउँसो सुदूरपश्चिम र कर्णाली लगायत पहाडी भूभागको एक९दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

बुधबार पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 14 =