नवौं राष्ट्रिय खेलकुद : पौडीमा महिला पुरुषकै राष्ट्रिय कीर्तिमान

पोखरा । नेपाली सेनाका नासिर याह्या हुसेनले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पौडीमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । २२ औं राष्ट्रिय पौडी च्याम्पियनसिपमा आफ्नो नाममा रहेको किर्तिमानमा सुधार गर्दै नयाँ कीर्तिमान रचेका हुन् ।

नासिरले १५ सय मिटिर फ्रिस्टायलमा १३ औं दक्षिण एशियाली खेलकुदमा कायम गरेको १७ मिनेट ४९.९५ सेकेन्ड समयमा सुधार गर्दै १६ मिनेट ५०.२१ सेकेन्डको नयाँ रेकर्ड राखेका हुन् ।

पौडीमै एनआरएनका आशिष सापकोटा दोश्रो भए । उनले पनि नासिरले दक्षिण एशियाली खेलकुदमा स्थापित गरेको रेकर्डलाई उछिनेका थिए । सापकोटाले १६ मिनेट ५७.९५ को समयमा दूरी पार गरे । पुलिसका सुनिल कुमार थापा मगरले तेश्रो स्थान हात पारे ।

यस्तै, महिलातर्फको स्पर्धामा सेनाकी डुवाना लामाले पनि आफ्नो नाममा नयाँ राष्ट्रिय किर्तिमान बनाउन सफल भईन् । उनले नेपालगन्जको आठौं खेलकुदमा २ सय मिटर तर्फ गौरिका सिंहले राखेको रेकर्डलाई तोडिन् । त्यस समयमा गौरिकाले २ मिनेट ३२ सेकेन्डमा पूरा गरेकी थिइन् । अहिले डुवानाले २ मिनेट ३१.४६ सेकेन्डको नयाँ किर्तिमान कायम गरिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *