महिलाको सय मिटर दौडमा सरस्वती चौधरीले राखिन नयाँ कीर्तिमान

पोखरा । पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत १ सय मिटर महिला दौड प्रतियोगितामा नयाँ राष्ट्रिय कीर्तिमान कायम भएको छ । नेपाल आर्मीकी सरस्वती चौधरीले निर्धारित दुरी १२.१३ सेकेण्डमा दौड पूरा गर्दै नयाँ कीर्तिमान राखेकी हुन् ।

यसअघि आजै लुम्बिनी प्रदेशकी धाविका निशा चौधरीले १२.१५ सेकेण्डमा दौड पूरा गरी नयाँ रेकर्ड बनाएकी थिइन् । उनले हिट चरणमा उक्त रेकर्ड राखेकी हुन् । फाइनलमा निशा नै दोश्रो भएकी छिन् । उनले १२.२२ सेकेण्डमा दौड पूरा गरेकी हुन् । आर्मीकै रमिता थारुले कास्य पदक जितिन । उनले १२.९३ सेकेण्डमा दौड पुरा गरिन् ।

पुरुष तर्फको १०० मिटर दौडमा सशस्त्र प्रहरी बलका शिवराज पार्कीले राष्ट्रिय कीर्तिमान बनाउँदै स्वर्ण जिते । उनले दौड १०५६ सेकेण्डमा दौड पुरा गरे । पार्कीले सन् १९९९ मा रामकृष्ण चौधरीले १०.७१ सेकेण्डको कीर्तिमानलाई भंग गर्दै नयाँ कीर्तिमान राखेका हुन् । आर्मीका युवराज विकले १०.५८ सेकेण्डमा दौड पूरा गर्दै रजत जिते । आर्मीकै डिल्ली भण्डारीले १०.७० सेकेण्डमा पुरा गर्दै कास्य पदक जिते ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *