आयात प्रतिबन्ध मंसिरमसम्म लम्बियाे

काठमाडौँ । अत्यावश्यकबाहेकका केही वस्तुमा सरकारले लगाएको आयात प्रतिबन्ध मंसिर मसान्तसम्म लम्बिने भएको छ ।

विदेशी मुद्राको सञ्चिती घटेसँगै वाणिज्य तथा आपूर्ति मनत्रालयले गाडी, मोटरसाइकल, मोबाइल, मदिराको आयात प्रतिबन्ध लगाएको थियो । उक्त प्रतिबन्ध मंसिर मसान्तसम्म कायमै राख्न मन्त्रालयले सरकारलाई सिफारिस गरेको हो ।

सरकाले ३ सय डलरभन्दा माथिका स्मार्टफोन, १५० सीसीमाथिका मोटरसाइकल, गाडीलगायत १० वता बस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो । उक्त प्रतिबन्ध अझै २ महिना मन्त्रालयले लम्ब्याउन लागेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *