चितवनको जुस उद्योगमा भीषण आगलागी

चितवन । चितवन । चितवन रत्ननगर–१० मा रहेको जुस उद्योगमा भीषण आगलागी भएको छ । युनाइटेड बेभरेज प्रालिको पल्पी जुस उद्योगमा शुक्रबार बिहान भीषण आगलागी भएको चितवन प्रहरीले जनाएको छ । विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।
आगो निभाउन खैरहनीको दुई र भरतपुरको एउटा दमकल र प्रयोग गरिएको छ । सञ्चालक भेषराज दुवाडीका अनुसार उद्योगमा रहेको कच्चा पदार्थ नष्ट भएको छ ।
चितवन क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार समेत रहेका पाण्डे उद्योगमा आगलागी भएको थाहा पाएपछि विहानै घटना स्थलमा पुगेका थिए । नेता पाण्डेले उद्योगका सञ्चालक व्यवसायी भेषराज दुवाडीलाई भेटेर क्षतिको विवरण तथा आगलागी हुनुको कारणबारे बुझेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *