सन्दीपलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । बिहीबार जिल्ला अदालत काठमाडौंले बलात्कार आरोपी लामिछानेलाई थप ५ दिन थुनमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

असोज २० गते पक्राउ परेका लामिछानेलाई यसअघि ७ दिन थुनामा राख्न अनुमति दिएको थियो । बिहीबार पुनः ७ दिन म्याद प्रहरीले मागेको थियो ।  सन्दीपका वकिलहरूले ७ दिन धेरै हुने भएकाले ३ दिन मात्र दिनुपर्ने माग गरे पनि अदालतले भने ५ दिन म्याद थपेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *