सशस्त्र प्रहरी सप्तरीका एसपी खड्का हेडक्वार्टर तानिए

जनकपुरधाम । सशस्त्र प्रहरीका एक जना असईको मृत्यु भएको घट्नामा अनुसन्धान गर्न सशस्त्र प्रहरी सप्तरीका एसपीलाई हेडक्वार्टर तानिएको छ । राजविराजस्थित प्रहरी बल गण नम्बर ६ हेडक्वार्टरका एसपी प्रदीप खड्का हेडक्वार्टर तानिएका हुन् ।

उनलाई बुधबार हेडक्वार्टर तानिएको हाे । सप्तरीको छिन्नमस्तास्थित बोर्डर आउट पोष्टमा कार्यरत असई सत्यनारायण यादव भारतको बिहार राज्य अन्तर्गत मधुवनी जिल्लाको जिरोगा पुनर्वासस्थित घोडदह खोलामा १९ असोजमा मृत फेला परेका थिए ।

सिरहाको भगवानपुर २ घर भएका असई यादव १८ असोजदेखि बिदा लिएकोमा उनी भारतको मृत फेला परेका थिए । सोही घट्नामा अनुसन्धान गर्न एसपी खड्कालाई तानिएको सशस्त्र प्रहरी बलका प्रवक्ता पुरुषोत्तम थापाले जानकारी दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *