राष्ट्रिय खेलकुदमा पदक जित्ने आफ्ना खेलाडीलाई पोखरा महानगरले १५ हजार दिने

पोखरा । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी भएर स्वर्ण जित्ने खेलाडीलाई पोखरा महानगरपालिकाले १५ हजार सहित सम्मान गर्ने भएको छ ।

बुधबार एक कार्यक्रमका बीच खेलाडीहरूलाई शुभकामना दिइएको छ । नगर प्रमुख धनराज आचार्यले स्वर्ण जित्नेलाई १५ हजार, रजतलाई १० र कास्य जित्नेलाई ५ हजार नगद सहित सम्मान गर्ने बताए ।

प्रतियोगितामा पोखरा महानगरका मात्रै २ सय भन्दा बढी खेलाडी सहभागी छन् । महानगर खेलकुद विकास समितिले खेलाडीहरूलाई शुभकामना आयोजना गरेको हो । खेलकुदको ट्रफी समेत गण्डकी प्रदेशले नै हात पार्ने आचार्यको विश्वास छ ।

पहिलो पटक राष्ट्रिय खेलकुद परिषद्ले १० किलो चाँदी र २ टोला सुनको रनिङ ट्रफी तयार गरेको छ ।

ट्रफीलाई नेपाल प्रहरीको सुरक्षामा राखिएको छ । ३९ वर्षपछि पोखरामा राष्ट्रिय खेलकुद प्रतियोगिता हुन लागेको हो । यसअघि दोस्रो प्रतियोगिता पोखरामा भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − five =