दैलेख २ मा एमालेले दर्ता गरायो उम्मेदवारी

सुर्खेत । दैलेख निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा (एमाले) ले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि मनोनयन दर्ता गराएको छ ।

नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्यका लागि लक्ष्मी पोखरेलले मनोनयन दर्ता गराएका छन् ।

यस्तै, दैलेख निर्वाचन क्षेत्र नम्बर २ प्रदेशसभा ‘क’ बाट तिलक प्रशाद रिजाल र ‘ख’ बाट बिनोद कुमार शाहले मनोनयन दर्ता गराएका छन् ।

दैलेखमा प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारहरुले आफ्नो मनोनयन दर्ता गराउने क्रम जारी रहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *