‘साताका सात’ तस्बिर

राष्ट्रप्रमुखबाट टिका
बडादसैँको टिकाको दिन आफूभन्दा ठूलाबाट टिका-प्रसादका साथै आशीर्वाद थाप्ने परम्परा छ । यसपटकको दसैँमा राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट टिका लगाउँदै सर्वसाधारण ।

तलेजुको दर्शन
वर्षको एकदिन महानवमीको दिनमात्र खुल्ने हनुमानढोकास्थित तलेजु भवानीको दर्शन गर्न लामबद्ध भक्तजन । महानवमीको दिन साक्षात् तलेजु भगवानको मन्दिरमा बास रहेको हुन्छ भन्ने मान्यता रहँदै आएको छ ।

२१ तोपको सलामी
सैनिकमञ्च टुँडिखेलमा फूलपाती बढाई गरिँदै । हरेक वर्ष फूलपातीको दिन सेनाले २१ तोपको हर्ष बढाई दिने प्रचलन रही आएको छ ।

काठमाडौँ दसैँ घरमा गोरखाको फूलपाती
राजा पृथ्वीनारायण शाहको पालादेखि काठमाडौँ हनुमानढोकाको दसैँ घरमा विधिपूर्वक गोरखा दरबारबाट ल्याएको फूलपाती भित्राइने गरिन्छ ।

क्रिकेटर सन्दीप पक्राउ
नाबालक बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने पक्राउ परेका छन् । असोज २० गते कतार एयरवेजबाट काठमाडौँ आउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले लामिछानेलाई पक्राउ गरी हिरासतमा राखेको छ ।

सवारीसाधन पूजा
महानवमीको दिन काठमाडौँको भद्रकाली मन्दिरमा सवारीसाधनको पूजा गरिँदै ।

पूजा सामाग्री
काठमाडौँको भद्रकाली मन्दिरअघि बेच्न राखिएको पूजा सामाग्री किन्दै भक्तजन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *