जाजरकोटमा मकै भित्र्याउँदै, दसैँ मनाउदै

जाजरकोट । जाजरकोट, रकुम पश्चिम र डोल्पाका कृषक वर्षेवालीको रुपमा रहेको मकै भित्र्याउन थालेका छन् । मौसम पूर्व अनुमान विभागले पानी पर्ने आकलन गरेसँगै यहाँका किसान मकै भित्र्याउनेमा जोड दिन थालेका हुन् ।
तीन जिल्लाको लागि मकै खेती सबै ठुलो बाली हो । मकै भित्रयाएसँगै खनतोज गरेर तोरी अर्थवा गहुँ लगाउने गरिन्छ । आकाशे पानीको भरमा लगाइने तोरी र गहुबाली जमिन ओसिलो हुँदै लगाउने पर्ने बाध्यता छ ।

मकै भित्र्याएको लामो समयसम्मा जमिन खाली राखेमा ओसिलो पन हराउँदै जाने भएकाले छिटोभन्दा छिटो खनजोत गरेर काम पुरा गर्नुपर्ने बाध्यता रहेको नलगाड नगरपालिका–८ का हरिबहादुर खत्रीले बताए। माथिल्लो भागमा मकै भित्र्याउने क्रम जारी रहेको छ भने तल्लो तथा मध्यभागमा तोरी र गहुँ लगाउने काम सुरु भइसकेको उनले जानकारी दिए ।

ढिला गरेर तोरी र गहुँ रोपेमा उम्रिने समस्या हुने भएकाले किसान दसैँभन्दा बढी खेती किसानीतर्फ नै केन्द्रीत हुनुपरेको पञ्च भयार मावि नलगाड का शिक्षक वीरबहादुर खत्रीले बताए । हिउँदेबालीको लागि काम गर्नुपर्ने भएकाले किसान खेतबारीमै दसैँ मनाउने अवस्थामा पुगेको रुकुम पश्चिम आठबीसकोटका तिलक बटालाले बताए ।

गाउँमा पहिले जस्तो पिङ लगाउने, मेला जाने अवस्था कम हुँदै गएको उनको बुझाइ छ । गाउँमा यूवाहो सङ्ख्यासमेत कम छ । वैदेशिक रोजगारीका कारण यूवा गाउँमा कम मात्रामा छन् । गाउँ, गाउँमा मदिराको बढी व्यापार हुने भएकाले गाउँमा घुम्ने वातावरण नभएको बारेकोट गाउँपालिका–५ का गणेश शाही बताउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *