भद्रकालीमा सवारी पूजा गर्नेको भीड (फोटो/भिडिओ)

काठमाडौँ । काठमाडौँको भद्रकाली मन्दिरमा सवारीसाधन पूजा गर्नेको भीड लागेको छ । बडादसैंअन्तर्गत महानवमीको अवसरमा शस्त्रअस्त्र तथा औजारहरू र अटो सोरुम, अटो वर्कसप तथा आफ्ना निजी सवारीहरू पूजा गर्नुअघि धोई, पखाली गाडी सर्भिसिङ गरिन्छ ।

महानवमीको अवसरमा आज बिहानैदेखि भद्रकाली मन्दिरमा आफ्ना सवारी साधनले आफूलाई सधैँ साथ दिने, नबिग्रने आशाका साथ सवारीको पूजा गर्ने गरिएको हो । आजको दिन विशेषतः अटो सोरुमहरूले पनि आफ्ना अटोमोबाइल्स प्रोडक्टहरूको विशेष पूजाअर्चना गर्छन् ।

विधिवत् रूपमा गरिने यो पूजालाई विशेष महत्त्वका रूपमा लिइन्छ । नवरात्रको महाअष्टमी/नवमीमा औजारहरूको पूजा गरेमा औजारहरू वा साधनहरू धेरै समय टिक्ने, आफूलाई नाफाउन्मुख गराउनेजस्ता विश्वास राखेर विशेष पूजा गर्ने प्रचलन रही आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *