छक्कबहादुरले त्यागे माओवादी केन्द्र, बालकोट पुगेर एमाले प्रवेश गर्दै

काठमाडौँ । नेकपा माओवादी केन्द्र नेता तथा प्रतिनिधिसभाका सांसद छक्कबहादुर लामा नेकपा एमालेमा प्रवेश गर्ने भएका छन् । अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आज हुने कार्यक्रममा लामा एमाले प्रवेश गर्न लागेका हुन् ।

२०७४ सालको आमनिर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर लामाले हुम्लाबाट चुनाव जितेका थिए । उनी माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन् । लामाले एमालेमा आफ्नो प्रवेश राजनीतिको सेफ ल्यान्डिङ भएको प्रतिक्रिया दिए ।

स्वतन्त्र उठेर जितेपनि उनी पछि तत्कालीन नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका थिए । नेकपा विभाजनपछि छक्कले प्रधानमन्त्री केपी शर्मा ओलीको पक्ष लिए । उनलाई केन्द्रीय कमिटीमा समेत मनोनित गरियो । छक्क मन्त्री बन्ने आशामा दंग परे । तर, बालुवाटारले ८ मन्त्री र एक राज्यमन्त्री थप्दा उनको नाम परेन । त्यसपछि उनले रातारात कित्ताकाट गरे । उनी फेरि नेकपा माओवादी केन्द्रमा फर्किएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *