सिट बाँडफाँटमा असन्तुष्टिकाबीच सत्ता गठबन्धनको बैठक
२०७९ असोज १७ गते

फाइल फोटो
काठमाडौं । सिट बाँडफाँटमा असन्तुष्टिकैबीच सत्ता गठबन्धनको बैठक पनि बस्ने भएको छ । लामो समयदेखि सिट बाँडबाटबारे छलफल गरिरहेको भए पनि अझैसम्म पनि टुंगो लाग्न सकेको छैन ।
सिट बाँडफाँटको टुङ्गो लगाउन आइतबार पनि पाँच दलीय गठबन्धनको बैठक बसेको थियो । बैठकमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरूले सिट बाँडफाँटकै विषयमा छलफल गरेका छन् ।
जनता समाजवादी पार्टी (जसपा) ले अन्य राजनीतिक दलहरूसँग पनि चुनावी तालमेल खुला गर्ने निर्णय यसअघि नै गरिसकेको छ । जसपाले सिट बाँडफाँटमा असन्तुष्टि जनाएको छ ।
२०७९ असोज १७ गते
प्रतिक्रिया
सम्बन्धित








