काठमाडौँ उपत्यकामा राति पनि जाम (तस्बिरहरू)

काठमाडौँ । दसैँ मान्न कर्मथलो छोडेर घर फर्किनेको लर्को लागेपछि काठमाडौँका नाकामा सवारीको चाप बढेको छ । काठमाडौँको नयाँ बसपार्क, कलंकी, बल्खु, कोटेश्वर, लोकन्थली क्षेत्रमा घर फर्किने यात्रुको भीड र सवारी साधनको चाप बढेको हो ।

यात्रुको भीड र सवारी साधनको चाप बढेपछि सडकमा काठमाडौँका नाकामा जाम बढेको छ । दसैँको मुख्य दिन नजिकिएसँगै काठमाडौँ उपत्यका छाड्नेको सङ्ख्या बढ्दो छ । घटस्थापनादेखि बाहिरिने यात्रुको चाप बढेको हो ।

शनिबारसम्म पाँच लाखले काठमाडौँ छोडेको प्रहरीले बताएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार प्रहरीको अभिलेखभन्दा बाहिर रिजर्भ गरेर विभिन्न नाका हुँदै जाने र निजी सवारीमा जानेको सङ्ख्या पनि धेरै छ ।

दिउँसोको समय प्रायः जाम भइराख्ने उपत्यकामा राती पनि जाम हुन थालेको छ । घर फर्किने बढेसँगै उपत्यका बाहिरिने मुख्य क्षेत्रमा रातको समयमा पनि जाम हुने गरेको हो ।

  • तस्बिर भक्तपुरको लोकन्थलीमा लिइएको हो ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *