‘साताका सात’ तस्बिर

भित्रियो खसी 
बडादसैँको लागी बिक्रीवितरण गर्न खाद्य व्यवस्था तथा व्यापार कम्पनीले भित्र्याएको खसीबोकामा चिन्ह लगाउँदै कम्पनीका कर्मचारी।

मालश्री बजाउँदै गुरुजुको पल्टन 
घटस्थापनाको दिन हनुमानढोकास्थित दसैँघरमा जमरा राख्दा शुभ साइतमा मालश्री धुन बजाउँदै गुरुजुको पल्टन ।

प्रसिद्ध सुन्दरिचोक 
पाटन दरबारभित्र रहेको प्रसिद्ध सुन्दरिचोक । जहाँ पाटनका मल्ल राजा सिद्धि नरसिंह मल्लले आफ्नो नित्य स्नान गरी तपस्या गर्दथे ।

सुन्दरिचोकको कृष्ण मन्दिर 
पाटन दरबारभित्र सुन्दरिचोकमा रहेको सानो कृष्ण मन्दिर । इतिहासकारका अनुसार पाटनका मल्ल राजा सिद्धि नरसिंह मल्लले दरबार क्षेत्रमा कृष्ण मन्दिर निर्माण गर्नु पूर्व नमुना स्वरूप यही सानो मन्दिर निर्माण गरेका थिए ।

थाकथालो जाने हतार 
बडादसैँ सुरु भएसँगै जन्मस्थान जानेको भिड बढ्न थालिसकेको छ । यसैक्रममा आफ्नो सामान बसको छतमा हाल्दै एक यात्रु ।

परम्परागत हुक्का 
विश्व पर्यटन दिवसको दिन पाटन दरबारमा आयोजित ‘ललित कार्निभल’ मा परम्परागत हुक्का तान्दै एक वृद्धा ।

म्यादीको रहर 
मङ्सिर ४ गते हुने निर्वाचनको लागी चाहिने म्यादी प्रहरीको लिखित परीक्षा दिन तयार भएका परीक्षार्थीहरू ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *