गण्डकीका सांसदको ‘लाष्ट लन्च’ : तीनथरी मासु, निउरोको तरकारी

पोखरा । गण्डकीका सांसद शुक्रबारदेखि विदा भएका छन् । संसद सचिवालयले कदरपत्र दिएर उनीहरुलाई विदा गरेको हो । दशैंको शुभकामना आदान प्रदान सहित उनीहरुलाई विदाइ कार्यक्रम राखिएको थियो ।

सांसदहरुले विदाइका दिन प्रदेशसभा प्रांगणमा सांसदकै हैसियतबाट ‘लाष्ट लन्च’ शेयर गरेका छन् । उनीहरुलाई कुखुराका दुईथरी र खसीको एक थरी गरी ३ थरी मासुको परिकार दिइएको हो । यस्तै, निउरो र आलुको तरकारी तथा सादा भात परिकारका रुपमा राखिएको थियो । सांसदको विदाइ भएपनि उनीहरुको अवधीबारे अहिले मुद्धा विचाराधीन छ । यद्यपी असोज १ गतेको कदरपत्र वितरण गरिएको हो ।

दशैंको मुखमा विदा भएका सांसद र उनीहरुका सहयोगीले दशैं बोनस पनि पाएका छैनन् । असोजपछि तलवभत्ता पनि रोकिएको छ । हालसम्म सांसद र स्वकीय सचिव तथा सचिवालय बन्दोबस्तीका लागि ३३ करोड भन्दा बढी खर्च भएको छ । त्यसमा मन्त्रीहरुको खर्च जोडिएको छैन । सांसदको अवधी सकिएसँगै गण्डकी प्रदेश सरकार काम चलाउ भैसकेको छ । उनीहरु सांसद विनाका मन्त्री बनेका छन् ।

प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सबै सांसदलाई कदर पत्र हस्तान्तरण गरे । उनले संघीय संरचनाले देशलाई विकासको उत्कृष्ट नमुना दिनुपर्ने बताए । यद्यपी राजनीतिक स्थिरता नहुँदा विकास निर्माणको अभियानमा केही धक्का लागेको उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *