भयावह बन्दै डेङ्गु, एकैदिन ४ जनाकाे मृत्यु

संक्रमितकाे संख्या २७ हजार नाघ्याे

काठमाडाैँ । नेपालमा डेङ्गु संक्रमणबाट एकै दिन ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारीअनुसार मंगलबार डेङ्गु संक्रमणबाट ४ जनाको मृत्यु भएको हाे । याेसँगै साउनयता डेङ्गुबाट मृत्यु हुनेको संख्या ३६ पुगेको छ ।

मन्त्रालयकाअनुसार अहिलेसम्म २७ हजार ५ सय ६९ जनामा डेङ्गु संक्रमण पुष्टि भइसकेकाे छ । अहिले मुस्ताङबाहेकका सबै जिल्लामा डेङ्गु संक्रमण देखिएकाे छ । त्यसमा पनि सबैभन्दा बढी काठमाडाैँ उपत्यकामा देखिएकाे छ ।

मन्त्रालयको तथ्यांकअनुसार सबैभन्दा बढी बागमती प्रदेशमा २१ हजार ५ सय ८९, लुम्बिनीमा प्रदेशमा ३ हजार ५०, सुदूरपश्चिम प्रदेशमा ८ सय २१ जनामा डेङ्गु पुष्टि हुँदा गण्डकीमा ६ सय ५३, मधेश प्रदेशमा ४ सय ५ र कर्णाली प्रदेशमा २ सय ३६ जनामा संक्रमण देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *