म्यादी प्रहरीको लिखित परीक्षा शुरु (तस्बिरहरु)
२०७९ असोज १२ गते

काठमाडौँ । आज देखि म्यादी प्रहरीको लिखित परीक्षा शुरु भएको छ । यहि मङ्सिर ४ गते हुन गईरहेको प्रतिनीधी तथा प्रदेस सभा निर्बाचनको लागी अपुग सुरक्षाकर्मी पूर्ति गर्न सरकारले देसभर १ लाख १५ हजार म्यादी प्रहरीको भर्ना खोलेको छ । १ लाख १५ हजार म्यादी प्रहरीको सेवा अवधि ४० दिनको हुनेछ।
म्यादी प्रहरीको सेवा तथा सुविधा पनि तय गरिएको छ। जसअनुसार म्यादी प्रहरीका लागि प्रतिदिन ८ सय ६९ रूपैयाँको दरले ४० दिन सम्मका लागि निजको व्यक्तिगत बैंक खातामा रकम जम्मा गरी दिने गरी जम्मा पारिश्रमिक ३४ हजार ७६० रूपैयाँ प्राप्त हुनेछ।
म्यादी प्रहरीमा भर्ना हुन शारीरिक परीक्षाबाट छनोट भएकाहरुको आज लिखित परिक्षा सम्पन्न भएको छ । काठमाडौं जिल्ला अन्तर्गतको लिखित परिक्षा आज लाबेरोटोरी बिद्यालयको खेल मैदान चोभारमा भएको हो ।
तस्बिरहरु:-
२०७९ असोज १२ गते
प्रतिक्रिया
सम्बन्धित