राजेन्द्र भन्छन्- ‘रवीन्द्र नेपाली राजनीतिकाे एउटा महत्त्वपूर्ण नाम हाे, उहाँ आउने कुराले हर्षित छु’

काठमाडाैँ । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्र बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा समाहित हुँदैछन् । राष्ट्रिय सभागृहमा दिउँसाे १ बजे आयाेजित एक कार्यक्रमका बीच रवीन्द्र राप्रपा प्रवेश गर्दैछन् । उनी पार्टीकाे वरिष्ठ उपाध्यक्ष पदमा रहनेछन् ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भने रवीन्द्र आफ्नाे पार्टीमा आउने कुराले आफू निकै खुसी भएकाे बताएका छन् । ‘रवीन्द्रजी हाम्राे पार्टीमा रहने कुरा हाम्राे लागि पनि निकै खुसीकाे कुरा हाे । म हर्षित छु,’ राजेन्द्रले मकालुखबरसँग भनेका छन् । रवीन्द्र मिश्र नेपाली राजनीतिकाे एउटा महत्त्वपूर्ण नाम भएकाे उल्लेख गर्दै राजेन्द्रले थपे, ‘याे कुरालाई कसैले पनि उपेक्षा गर्न सक्दैन । नेपाली राजनीतिमा उहाँ एउटा महत्त्वपूर्ण व्यक्ति हुनुहुन्छ ।’

राजेन्द्रले रवीन्द्रसँगकाे आफ्नाे सहयात्रा जीवनपर्यन्त हुने दाबीसमेत गरे । ‘कतिपयले केही समयका लागि मात्रै हाे, उहाँहरू पछिसम्म मिलेर अगाडि बढ्न सक्नुहुन्न भनेर पनि भनेकाे सुनेँ । तर त्यसाे हाेइन, हामी पार्टीमा रहेर सँगै सहकार्य गर्दै अगाडि जान्छाैँ, जनताकाे पक्षमा राजनीतिक वकालत गर्दै हामी सँगै रहन्छाैँ, जनताकाे समृद्धि पनि हामीले नै ल्याउने हाे ।’

रवीन्द्रले ३० वैशाखमा सम्पन्न स्थानीय तह सदस्य निर्वाचनमा पार्टीलाई अपेक्षाकृत नजिता दिलाउन नसकेकाे भन्दै पार्टी अध्यक्षबाट राजीनामा दिएका थिए । उनले आफूसँगै अन्य नेताहरू पनि राप्रपामा समाहित हुने बताएका छन् । ‘यसबीच संवाद हुन नसकेका कयौँ साथीहरूलाई ममात्र एकतामा संलग्न हुन लागेको हो कि भन्ने भान परेको देखियो  । त्यसो होइन, यो वैचारिक ध्रुवीकरणमा इच्छुक सबै साथीहरू सहभागी हुन सक्छन्,’ रवीन्द्रले भनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *