रवीन्द्र मिश्रले दिए विवेकशील साझाकाे अध्यक्ष पदबाट राजीनामा

काठमाडाैँ । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पदबाट राजीनामा दिएका छन् । उनले नैतिकताका आधारमा राजीनामा दिएका हुन् । पार्टीका एक सचिवालय सदस्यले मकालुखबरसँग भने, ‘उहाँले नैतिकताका आधारमा राजीनामा दिनुभएकाे हाे । याे पार्टीमा नैतिकता त छ नि त ।’

स्थानीय तह सदस्यकाे निर्वाचनमा अपेक्षाकृत नजिता ल्याउन नसकेकाे भन्दै अध्यक्ष मिश्रले अध्यक्ष पदबाट राजीनामा दिएका हुन् । २०७४ सालमा केही जनमत देखिएकाे साझा यसपटककाे चुनावमा नमज्जाले थच्चिएकाे छ । यसतर्फ मध्यनजर गरेर आफूले पार्टीलाई अपेक्षाकृत परिणाम दिन नसकेकाे भन्दै उनले राजीनामा दिएका हुन् ।

यसपटक साझाले काठमाडाैँ महानगरपालिकामा नेतृ समीक्षा बाँस्काेटालाई मेयरकाे उम्मेदवार बनाएकाे थियाे । तर, समीक्षाकाे पक्षमा ‘काउन्टिङ्ग रेङ्ज’मा समेत मत आएन । यसपछि साझा पार्टीले यसकाे निर्मम समीक्षा गर्ने बताउँदै आएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *