दसैँमा जन्मथलो फर्किनेको लर्को (तस्बिरहरू)

काठमाडौँ । नेपालीको मुख्य पर्व दसैँ मान्न बर्सेनि लाखौँको सङ्ख्यामा नागरिकहरूले उपत्यका छाड्ने गरेका छन् । यो वर्ष दसैँ शुरु भइसकेको छ र विभिन्न कारणले राजधानीमा बसोबास गरिरहेकाहरू थातथलो फर्किने क्रममा छन् ।

मुख्य चाडपर्वमा कति नागरिकले उपत्यका छाड्छन् भन्ने आधिकारिक तथ्याङ्क सरकारसँग छैन । तर स्थल तथा हवाई मार्ग प्रयोग गरी २० लाखका सङ्ख्यामा मानिसहरूले काठमाडौँ छाड्ने अनुमान गरिन्छ ।

स्थल मार्गबाट उपत्यकाका नाकाहरूमा अहिले यात्रुवाहक सवारीको भीड लागेको छ । यात्रु तथा सवारीका चापका कारण ट्राफिक व्यवस्थापनमा केही कठिनाइ भएको देखिन्छ ।

  • तस्बिर कोटेश्‍वरमा लिइएको हो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *