पोखरामा एन्टर्क ओनर्स ग्रुप राइड सम्पन्न

काठमाडौँ । टिभिएस मोटर कम्पनीको नेपालको लागि एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले पोखरामा एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ ।

गत असोज ८ गते शनिबार पोखराबाट निर्मलपोखरी स्थित एलिट रिसोर्टसम्म आयोजना भएको उक्त राइडमा सहभागिहरु बीच विभिन्न गेम पनि खेलाइएको थियो । साथै सहभागि सम्पूर्ण राइडरलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिनुको साथै आकर्षक उपहार पनि प्रदान गरिएको थियो ।

करिब ४० जना राइडर सहभागि भएको उक्त राइड सम्पूर्ण सुरक्षा सावधानीका साथ नेपाल सरकारको अनुमति लिएर सञ्चालन गरिएको आयोजकले जनाएको छ । साथै उक्त राइडमा प्राविधिक टिमले विभिन्न सडक सुरक्षाको बारेमा जानकारी प्रदान गर्नुको साथै राइडरले अपनाउनुपर्ने नियम र सुरक्षाको जानकारी पनि प्रदान गरिएको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *