लाग्याे दशैं, टुकुचा बजारमा खसी किन्नेको भीड (तस्बिरहरू)

काठमाडौँ । दशैं नजिकिएसँगै काठमाडौँको प्रदर्शनीमार्गमा रहेको टुकुचा खसी बजारमा खसीबोका किन्न आउने मानिसहरूकाे भीड लाग्न थालेको छ । दिनहुँ सयौँको संख्यामा खसीबोका किन्ने ग्राहकहरू आउने गर्दछन् ।

सरकारले भने यो वर्षका लागि ३ हजार खसी बोका तथा च्याङ्ग्रा ल्याउने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड यसवर्षको दशैंका लागि ३ हजार खसी बोका ल्याउने निर्णय गरिसकेको छ ।

कम्पनीले गत वर्ष प्रतिकेजी ६ सय ४० रुपैयाँमा खसी बोका विक्री गरिएको भए पनि यसवर्ष भने भाउ बढाउने कम्पनीको तयारी छ । यस्तै मुस्ताङलगायतका हिमाली जिल्लाबाट दशैंको लागि ल्याइएका भेडा, च्याङ्ग्राको मूल्यप्रति गोटा ४८ हजारसम्म पुगेको छ ।

चीनको कोरला नाका बन्द हुँदा यस वर्ष दशैंका लागि  भेडा, च्याङ्ग्रा महँगाे पर्न गएको व्यापारीहरू बताउँछन् ।

तस्विरहरु:-

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *