विश्व पर्यटन दिवस : ललितपुरमा बृहत् सांस्कृतिक मेला (तस्बिरहरू)

काठमाडाैँ । विश्व पर्यटन दिवसको अवसरमा ललितपुरमा बृहत् सांस्कृतिक मेला ‘ललित कार्निभल’ को आयोजना गरिएको छ । ललितपुर महानगरपालिकाको आयोजना तथा त्यहाँस्थित विभिन्न संघसंस्थाको सह-आयोजनामा भएको सांस्कृतिक मेला, पाटन सङ्ग्रहालय परिसरमा रहेको मणि केशव नारायण चोकमा रहेकाे छ । दिउँसाे १ बजेदेखि साँझ ५ बजेसम्म चल्ने मेलामा विभिन्न प्रदर्शनी गरिएको छ ।

जसमा योमरी बनाउने, चिउरा कुट्ने, सुकुल बुन्ने, प्याङ्गगाँउको लोपेन्मुख काठको चिउरा राख्ने भाँडो बनाउने पद्धति, बत्ती काट्ने चर्खा, धातु काठ तथा ढुंगाको मूर्तिकला लगायतको परम्परागत नेवार जीवनपद्धतिको प्रत्यक्ष जानकारी दिइएको छ ।


आजै साझँ ५ बजे ललितपुर महानगरपालिकाको पयर्टनसँग सम्वन्धित वेवसाइटको लोकार्पण, साझँ साढे ५ बजेदेखि ७:३० बजेसम्म ५०० भन्दा धेरै कलाकारहरुले परम्परागत संगित तथा नृत्यको प्रस्तुति र  ७:३०  बजेपछि परम्परागत नेवारी भोजको कार्यक्रम समेत रहेको छ । विश्व पर्यटन दिवसको अवसरमा आज बिहान ८ बजे पाटन दरबार क्षेत्र आउने पर्यटकलाइ स्वागत एवम सत्कार समेत गरिएको थियो ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *