दैलेखमा १ लाख ५८ हजार बढी मतदाता

दैलेख । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा दैलेख जिल्लामा १ लाख ५८ हजार ८ सय ५८ जना मतदाता कायम रहेका छन् । जिल्ला निर्वाचन कार्यालय दैलेखका दुई संघीय निर्वाचन क्षेत्र र चार प्रदेशसभा निर्वाचन क्षेत्र रहेको दैलेखमा पुरुष मतदातातर्फ ७९ हजार ४ सय २०, महिलातर्फ ७९ हजार ४ सय ३८ जना मतदाता कायम भएका हुन् ।

दुई संघीय निर्वाचन क्षेत्र, ४ प्रदेशसभा क्षेत्र रहेको दैलेखमा कूल मतदानस्थल २ सय ७ र मतदान केन्द्र १ सय ३९ वटा कायम भएको निर्वाचन कार्यालय दैलेखका सूचना अधिकारी विवेक पुरीले जानकारी दिए । उनका अनुसार संघीय निर्वाचन क्षेत्र नं. १ मा पुरुष मतदातातर्फ ३८ हजार ९ सय ४४ महिलातर्फ ३९ हजार ३ सय ३८ मतदाता छन् । दैलेख क्षेत्र नं. १ मा ७३ मतदान स्थल र १ सय ३ वटा मतदान केन्द्र रहेका छन् ।

यसैगरी दैलेख क्षेत्र नं. २ मा पुरुषतर्फ ४० हजार ५ सय ७६, महिलातर्फ ४० हजार १ सय गरी ८० हजार ६ सय ७६ मतदाता रहेका छन् । यस क्षेत्रमा ६६ मतदान स्थल र १ सय ४ वटा मतदान केन्द्र रहेका निर्वाचन कार्यालय दैलेखले जनाएको छ । यस्तै, चारवट प्रदेशसभा निर्वाचन क्षेत्र रहेको दैलेखमा क्षेत्र नं. १ को (क) मा ३५ हजार ४ सय ९९ मतदाता रहेका मध्ये पुरुषतर्फ १७ हजार ८ सय ९५ र महिलातर्फ १७ हजार ६ सय ४ मतदाता रहेका छन्।

यस प्रदेशसभा निर्वाचन क्षेत्रमा ३३ मतदान स्थल र ४७ मतदान केन्द्र रहेका छन् । प्रदेशसभा क्षेत्र नं. १ (ख) मा ४२ हजार ७ सय ८३ मतदाता रहेका छन् । ४० वटा मतदान स्थल र ५६ वटा मतदान केन्द्र रहेको यस क्षेत्रमा पुरुषतर्फ २१ हजार ४९ र २१ हजार ७ सय ३४ मतदाता छन् । त्यस्तै, दैलेख निर्वाचन क्षेत्र नं. २ प्रदेशसभा निर्वाचन क्षेत्र (क) मा ३९ हजार १ सय ९८ मतदाता रहेका छन्। ५० वटा मतदान केन्द्र र ३१ वटा मतदान स्थल रहेको यस क्षेत्रमा पुरुषतर्फ १९ हजार ५ सय ४१ र महिलातर्फ १९ हजार ६ सय ८४ मतदाता रहेका छन्I

क्षेत्र नं. २ अन्तर्गत प्रदेशसभा निर्वाचन क्षेत्र (ख) मा ४१ हजार ४ सय ७८ मतदाता रहेका छन् । ३५ मतदान स्थल र ५४ मतदान केन्द्र रहेको यस क्षेत्रमा महिलातर्फ २० हजार ४ सय १६ र पुरुषतर्फ २१ हजार ६२ जना मतदाता रहेका निर्वाचन कार्यालयका सूचना अधिकारी पुरीले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *