अड्केकाे अड्क्यै गठबन्धनकाे ‘हलाे’ !

काठमाडाैँ । सत्ता गठबन्धनकाे सिट बाँडफाँटकाे विषय ‘रमिता’ बनेकाे छ । साउन २० गतेबाट प्रतिनिधि सभाकाे क्षेत्र बाँडफाँटकाे काम शुरू गरेकाे गठबन्धन कार्यदलले यसअघि नै अपुराे प्रतिवेदन शीर्षस्थ नेताहरूलाई बुझाइसकेकाे छ । त्यसयता शीर्षस्थ नेताहरू दर्जनाैँ पटक बसिसकेका छन्, तर अझै अपेक्षित सहमति भने जुट्न सकेकाे छैन ।

गठबन्धनसम्बद्ध दलका नेताहरूले सहमति भइसकेकाे वा नजिक-नजिक पुगेकाे बताएपनि वास्तविकतामा त्याे छैन । माओवादी केन्द्रका एक नेता भन्छन्, ‘संख्या नै अझै मिलेकाे छैन । धेरैजसाे मिलेपनि केही क्षेत्र अझै मिल्न बाँकी छ ।’ उसाे त सिट नमिल्नुमा अन्य साना दलहरूका प्रभाव रहेकाे क्षेत्र पनि ‘कारक’ बनेकाे छ । ती नेताले प्रष्ट्याउँछन्, ‘जस्ताे नेमकिपाकाे अद्धितीय प्रभाव रहेकाे भक्तपुरमा काे जाने वा कुन दललाई पठाउने भन्नेजस्ता विषय अहिलेकाे प्रमुख विषय बनेका छन् ।’

यसअघि असाेज ५ गते बसेकाे शीर्षस्थ नेताहरूकाे बैठकले १६५ मध्ये १२७ सिटमा सहमति गरेकाे बताएपनि त्यसयता गठबन्धनले यस सन्दर्भमा खासरूपमा केही प्रगति गरेकाे छैन । सञ्चार तथा सूचना प्रविधिमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्की भन्छन्, ‘हामीले चाँडै नै सहमति बनाउने काेसिस गरिरहेका छाैँ । झन्‌झनै सहमति भइसकेकै पनि छ । अब याे विषय चाँडै टुङ्गिन्छ ।’

०००

अहिले गठबन्धनसम्बद्ध दलहरू आपसलाई ठगिरहेका छन् । ठूलै भाग लिएर सत्तामा जाँदै आफूलाई फाइदा हुने जानी/बुझी दलहरूले आपसलाई ठगिरहेका हुन् ।  दलहरू आफूले शुरूमा गरेकाे अडान/दाबीबाट खासै पछाडि हट्न मानेका छैनन् । बरु आफूलाई पेल्न खाेजे एक्लै चुनावमा हाेमिनेसम्मका चेतावनी दिन थालेका छन् । खासगरी एकीकृत समाजवादी र जनता समाजवादीले गठबन्धनमा ठूलाे स्वर निकाल्ने गरेका छन् । केही हप्ताअगाडि काठमाडाैँमा आयाेजित एक कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भनेका छन्, ‘उब्रिएकाे सिट हामी लिँदैनाैँ । त्याे हामीलाई मान्य हुँदैन । बरु हामी एक्लै लड्छाैँ ।’

जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव पनि कहाँ कम छन् र ? केही दिनअगाडि मधेश प्रदेश झरेका उनले गठबन्धन छाड्ने संकेत गरे, भने— ‘हामीले ३२ सिट भनेका छाैँ । त्यसपछि हामीले २५ बाटचाहिँ पछाडि नहट्ने भनेका छाैँ । अब यसबाट पनि पेल्न खाेजे हामी आफैँ चुनावमा हाेमिन्छाैँ ।’

उनले गठबन्धनकाे बैठकहरूमा भन्ने गरेका छन्, ‘तपाईंहरूले मधेशमा जित्नुहुन्न । त्यहाँ जित्ने हामीले मात्रै हाे । हामी कम्तीमा २५ हाे, त्यसभन्दा तल झर्दैनाैँ । त्यसपछि पनि पेलिने भए हामी गठबन्धनबाट बाहिरिन्छाैँ ।’ दुई सिट पाइसकेकाे राष्ट्रिय जनमाेर्चा भने माैनप्राय: छ ।

दलभित्र पनि समस्या

उसाे त गठबन्धनभित्र मात्रै हाेइन, त्यसभित्रै रहेका दलहरूका पनि आ-आफ्नै समस्या छन् । नेपाली कांग्रेसकाे ठूलाे पङ्क्ति एक्लै चुनावमा हाेमिन चाहन्छ । खासगरी डा. शेखर काेइरालाले नेतृत्व गरेकाे संस्थापनइतर समूहले याे आवाज उठाइरहेकाे छ । उसले गत शनिवार मात्रै खबरदारी सभाकाे समेत आयाेजना गरेकाे थियाे । त्यहाँ नेता शेखरसँगै महामन्त्री गगनकुमार थापासँगै गुरु घिमिरेलगायतका नेताहरू थिए । उनीहरूले पार्टीभित्रै विद्राेह गर्ने चेतावनी दिएका छन् ।

संस्थापनइतर पक्षले कांग्रेसले पाउने सिटबाट ४० प्रतिशत मागेकाे छ । यसअघि स्वयम् अहिलेका सभापति शेरबहादुर देउवा त्याे रीति बसाएकाे भन्दै उनीहरूले भनेका छन्, ‘यदि त्यसाे भएन भने हामी आफ्नै तरिकाले अगाडि बढ्छाैँ ।’

उसाे त माओवादी केन्द्रमा पनि नेताहरूले विद्राेह गर्ने भनेका छन् । पाेलिटब्यूराे सदस्य हेमराज भण्डारीलगायतका नेताहरूले त सिट बाँडफाँटकै सन्दर्भलाई लिएर सामूहिक राजीनामाकाे बाटाे राेजे । आसन्न प्रतिनिधि सभाकाे निर्वाचनमा भण्डारीले गृहजिल्ला धनकुटाबाट स्वतन्त्ररूपमा चुनाव लड्नेछन् । यसपटक धनकुटामा गठबन्धनकाे नेतृत्व माओवादी केन्द्रले गर्न पाउनुपर्ने माग राख्दै आएका भण्डारीसहित प्रदेश र जिल्ला समितिका नेताहरूले सामूहिक राजीनामा दिए ।

धनकुटाबाट एकपटक कांग्रेसलाई र एकपटक एमालेलाई जिताएकाे भन्दै यसपटक भने आफ्नाे मतदाताकाे रक्षा आफैँले गर्ने बताएका उनले मकालुखबरसँग भनेका छन्, ‘नेतृत्वबाटै पार्टीमा नरहँदा पनि हुन्छ भन्ने भएपछि बाहिरियाैँ ।’

‘सैद्धान्तिक मतभेद थाँती राखी सत्ताकेन्द्रित भएर भागबन्डा गर्नु गलत’

राजनीतिक विश्लेषक पुरञ्जन आचार्य अहिलेकाे सत्तारुढ गठबन्धन नै असैद्धान्तिक रहेकाे बताउँछन्, भन्छन्— ‘पहिलाे कुरा त याे गठबन्धन नै असैद्धान्तिक तवरकाे छ । त्यसैले सबै कुरा बिगार्‍याे, सहमति हुन सक्दैन । अब अहिले हेर्नुस् त झन्डै दुई महिनायता त्यही १६५ वटा क्षेत्र बाँडफाट गर्न सकेकाे पनि छैनन् । अनि यस्ताे पनि हुन्छ त ?’

यसले आमनेपालीसामु राम्राे सन्देश नगइरहेकाे उल्लेख गर्दै उनले थपे, ‘अब माओवादी केन्द्र र कांग्रेसबीच नै धेरै ठूलाे असैद्धान्तिक मतभेद छ, खाँडल छ । यसाे साेच्दाखेरि उनीहरूबीच कुनै पनि हिसाबले सहमति वा एकता हुनै सक्दैन,’ उनले भनेका छन् । उनी थप्छन्— ‘उनीहरू आफ्ना बीचमा रहेकाे सैद्धान्तिक मतभेदलाई थाँती राखेर अगाडिकाे सत्ता हेरेर मिल्ने कुरा गर्दैछन् तर सकिरहेका छैनन् । सबैभन्दा ठूलाे कुरा भनेकाे यही सैद्धान्तिक मतभेद हाे ।’

खासगरी गठबन्धनका दुई ठूला दलहरू नेपाली कांग्रेस र माओवादी केन्द्रबीच बढी प्रतिस्पर्धा भइरहेकाे उल्लेख गर्दै विश्लेषक आचार्यले भनेका छन्, ‘अब शेरबहादुरकाे अगाडि पनि सत्ता छ, प्रचण्डकाे अगाडि पनि सत्ता छ । यसाे हुँदा सहमति भइरहेकाे छैन । यसले नेपाली जनतालाई पँगु बनाइरहेकाे छ । उनीहरूलाई ठूलै भाग लिएर सत्तामा जाँदा आफूसँगै आफ्नाे अंशियारहरूलाई पनि बाँड्न सकिन्छ भन्नेमा छन् ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *