ट्रयाक्टरबाट खसेर किशोरको मृत्यु

दैलेख । दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका-५ खापरथानमा हिजो बेलुकी ट्रयाक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय १७ वर्षीय केसेन्द्र नेपाली छन् ।

खापरथानबाट जम्बुकाँधतर्फ जाँदै गरेको भे २ त ११७३ नम्बरको ट्रयाक्टरबाट हिजो बेलुकी ८ बजे नेपाली खसेका थिए ।

गम्भीर घाइते भएका उनको उपचारका क्रममा नवीन मेडिकल हलमा मृत्यु भएको हो । ट्रयाक्टरसहित चालकलाई इलाका प्रहरी कार्यालय दुल्लु दैलेखले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *