राष्ट्रिय सभा अध्यक्षलाई निर्वाचन आयाेगकाे जवाफ- ‘संसद्काे कार्यावधि आयाेगले हाेइन, संविधानले निश्चित गर्ने हाे’

काठमाडाैँ । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई निर्वाचन आयाेगले जवाफ लेखेकाे छ । अध्यक्ष तिमिल्सिनाले यसअघि असाेज ६ गते आयाेगलाई पत्र लेख्दै निर्वाचित संसद्, पदाधिकारी र सदस्यहरूकाे कार्यावधि कहिलेसम्म हाे ? भनेर साेधेका थिए । आयाेगले यसै पत्रकाे जवाफ लेखेकाे हाे । पत्रमा निर्वाचित संसद्‌काे अवधिकाे निश्चित आयाेगले नभइ नेपालकाे संविधानले गर्ने उल्लेख गरिएकाे छ ।

प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकाेटा र उपसभामुख पुष्पा भुसालले राजीनामा दिनुपर्ने आवाज उठिरहँदा अध्यक्ष तिमिल्सिनाले पत्र पठाएका थिए । तर आयाेगले सुरक्षात्मक जवाफ दिएकाे हाे । ‘नेपाल सरकारबाट प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यका लागि निर्वाचनकाे मिति ताेकी मतपत्र छपाइसमेत गरी निर्वाचनकाे सघन तयारी भइरहेकाे सन्दर्भसमेतलाई आधार मानी प्रतिनिधि सभाका पदाधिकारी तथा सदस्यहरूकाे कार्यविधि निर्क्याैल हुनुपर्छ भन्ने आयाेगकाे मत रहेकाे साथै निर्वाचति संसद्काे कार्यकाल आयाेगले निश्चित गर्ने नभइ नेपालकाेसंविधान, प्रचलित कानून र विगतका अभ्यासबमाेजिम निश्चित गर्ने हुँदा साेहीबमाेजिम हुन अनुराेध गरिन्छ,’ आयाेगकाे जवाफी पत्रमा लेखिएकाे छ ।

सम्बन्धित सामाग्री :

निर्वाचन आयाेगलाई राष्ट्रिय सभा अध्यक्षकाे पत्र, साेधे- प्रतिनिधि सभाका पदाधिकारीकाे कार्यावधि कहिलेसम्म हाे ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *