निर्वाचन आयाेगलाई राष्ट्रिय सभा अध्यक्षकाे पत्र, साेधे- प्रतिनिधि सभाका पदाधिकारीकाे कार्यावधि कहिलेसम्म हाे ?

काठमाडाैँ । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निर्वाचन आयाेगलाई पत्र पठाएका छन् । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकाेटा र उपसभामुख पुष्पा भुसालले राजीनामा दिनुपर्ने माग भइरहँदा अध्यक्ष तिमिल्सिनाले आयाेगलाई पत्रकार्फत ‘ प्रतिनिधि सभाकाे कार्यावधि कहिलेसम्म हाे ?’हाे भन्ने प्रश्नसहित पत्र लेखेका हुन् ।

संसद्‌काे कार्यकाल सकिनासाथ सभामुख र उपसभामुखले पनि राजीनामा दिनुपर्ने आशयसहितकाे पत्र अध्यक्ष तिमिल्सिनाकाे सचिवालयबाट आयाेग पुगेकाे हाे । ‘अवधि सम्बन्धमा’ शिर्षकमा आयाेग पुगेकाे पत्रमा भनिएकाे छ— प्रतिनिधि सभाकाे निर्वाचन २०७९ मंसिर ४ गतेका लागि घाेषणा भइ सम्मानित निर्वाचन आयाेगबाट निर्वाचनकाे कार्यतालिकासमेत प्रकाशन भइसकेकाे सन्दर्भमा नेपालकाे संविधानबमाेजिम २०७४ सालमा गठन भएकाे प्रतिनिधि सभाका पदाधिकारी तथा सदस्यहरूकाे कहिलेसम्म रहने हाे खुलाइ पठाइदिनुहुन निर्देशानुसार अनुराेध छ ।

अध्यक्ष तिमिल्सिनाकाे निजी सचिवालयका उपसचिव सुशीला आचार्यद्वारा हस्ताक्षरित पत्रमा प्रमुख निर्वाचन आयुक्तलाई सम्बाेधन गरिएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *