राष्ट्रपति र प्रधानमन्त्रीको हटाएर स्वास्थ्यमन्त्रीले राखे प्रदेश प्रमुख र मुख्यमन्त्रीकाे तस्बिर !

विराटनगर । प्रदेश नं. १ का स्वास्थ्यमन्त्री जयराम यादवले मन्त्रालयको आफ्नो कार्यकक्षबाट राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाको तस्बिर हटाएका छन् । मन्त्री यादवले राष्ट्रपतिको ठाउँमा प्रदेश प्रमुख पर्शुराम खापुङ र प्रधानमन्त्रीको ठाउँमा मुख्यमन्त्री राजेन्द्रकुमार राईको तस्बिर राखेका छन् । उनको यो कार्यले प्रधानमन्त्री र राष्ट्रपतिलाई नमानेको आरोप लाग्न थालेकाे छ ।

देश संघीयतामा गएसँगै प्रदेशको संरचनाअनुरूप प्रदेश प्रमुख नै राष्ट्रपतिको प्रतिनिधि भएकाले आफूले आफ्नो कार्यकक्षबाट राष्ट्रपतिको तस्बिर हटाएको मन्त्री यादवले बताएका छन् । संघीयतामा गएपछि प्रदेशका मुख्यमन्त्री कार्यकारी भएकाले उनैकाे तस्बिर राखेकाे भनाइ मन्त्री यादवकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *