झापामा बाइक र बोलेरो जुधे, बाइकमा सवार तीन युवाको मृत्यु

काठमाडौं । झापाको शिवसताक्षीमा भएको सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । बिहान करिब साढे ५ बजेतिर शिवसताक्षी ८ स्थित पूर्वपश्चिम राजमार्गमा दमकबाट खुरुङ्गातर्फ आउँदै गरेको मे३प ५००१ नं को १५० सिसीको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको प्रदेश १–०१–००१ च ९३२९ नं को बोलेरो एक आपसमा ठक्कर खाई दुर्घटना भएको हो ।

मोटरसाइकलमा सवार तीन जनामध्ये दुई जनाको घटनास्थलमै मृत्यु भएको र एक जनालाई बीएण्डसी हस्पिटल बिर्तामोड लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाइएको छ । मृतकको परिचय खुल्न सकेको छैन । दुई जना अन्दाजी २५ वर्षका र एक जना १६ वर्षको रहेको प्रहरीले जनाएको छ ।

मोटरसाइकल, बोलेरो, बोलेरो चालक मेचीनगर ६ बस्ने ४५ वर्षीय ऋषिराज गिरी इलाका प्रहरी कार्यालय झिलझिलेको नियन्त्रणमा रहेको प्रहरी निरीक्षक अनीश बुढाथोकीले बताए ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *