मौन अवधिअघि ओलीले सुहाङलाई भने – अब संसदमै भेटौंला
२०८१ वैशाख १२ गते

मौन अवधिअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलाम–२ को उपनिर्वाचनमा पार्टीका उम्मेदवार सुहाङ नेम्वाङको प्रचार गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत ओलीले सुहाङलाई अब संसद् भवनमै भेट्ने बताएका छन्।
‘चुलाचुलीको सभामा सुहाङ कुर्ता सुरुवाल र कालो टोपीमा चिटिक्क सजिएर आएको देखेपछि मैले सभामा भनें पनि –सुहाङ पण्डित जस्तै विद्वान हुनुहुन्छ। यो प्रसंगमा केही हाँसो ठट्टा पनि चल्यो। आज चुनाव प्रचारको अन्तिम दिन, भोलिदेखि मौन अवधि सुरु हुन्छ। सुहाङ, अब संसद् भवनमै भेटौँला !’ ओलीले भनेका छन्।
ओली उपचुनाव प्रचारप्रसारको क्रममा बुधबार चुलाचुली पुगेका थिए। उपनिर्वाचनका लागि बुधबार मध्यरातदेखि मौन अवधि सुरु हुँदैछ।
त्यसअघि ओलीले सुहाङको पक्षमा अन्तिम प्रचार गरेका हुन्।
२०८१ वैशाख १२ गते
प्रतिक्रिया
One thought on “मौन अवधिअघि ओलीले सुहाङलाई भने – अब संसदमै भेटौंला”
Leave a Reply Cancel reply
सम्बन्धित









Goood