सप्तकोशी नदीमा डुवेका दुई जनाको सकुशल उद्धार

सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका १ स्थित सप्तकोशी नदीमा डुवेका दुई जनाको सशस्त्र प्रहरीले शुक्रबार सकुशल उद्धार गरेको छ।
धरान उपमहानगरपालिका ३ बस्ने २३ वर्षीय रविन परियार र झापा जिल्लाको गौरदह गाउँपालिका ३ बस्ने २१ वर्षीय तुलसी प्रसाद पराजुली नुहाउने क्रममा नदिमा डुवेका थिए।
जानकारी पाउनासाथै सुरक्षा वेस चतराबाट खटिएको विपद् व्यवस्थापनसहितको सुरक्षा फौजले मोटर बोटको सहायताले सकुशल उद्धार गरेको हो । उनीहरुको अवस्था सामान्य रहेको सशस्त्र प्रहरीका सहप्रवक्ता डएिसपी सैलेन्द्र थापाले बताए।
यसअघि बैशाख ४ गते सप्तकोशी नदिमा नुहाउने क्रममा डुवेका ४ जना र बैशाख १२ गते नदीमा हाम फालेका १ व्यक्तिको पनि सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको थियो ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *