मन्त्री श्रेष्ठले भने- बाटाे बढाउने नाममा घर भत्काउनु हुँदैन

काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडाैँजस्तो सांस्कृतिक सहरमा विकासको नाममा संरचना भत्काउन नहुने बताएका छन् । आइतबार विश्वेश्वर महादेव मन्दिर पुन:निर्माण कार्यको थालनी एवम् ‘हनुमान ढोका’ नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्ने क्रममा मन्त्री श्रेष्ठले यस्ताे बताएका हुन् ।

“काठमाडौं उपत्यकाका तीन जिल्लामा धेरै पर्यटकीय गन्तव्य छन्, त्यसैले काठमाडाैँको मोडालिटीलाई हामीले परिवर्तन गरेर जानुपर्छ । सहरका पहिलाका घरहरू जस्ता छन्‚ त्यस्तै राख्नुपर्छ । साँघुरो बाटो छ भनेर फराकिलो गर्ने नाममा घर भत्काउने, यसलाई मास्ने कामहरू गर्नु हुँदैन । हिजो जुन खालको यो शहरको बनावट छ; त्यसको अवस्था छ, त्यसको अवस्थालाई संरक्षण र कायम गर्नुपर्छ,”उनले भनेका छन् ।

मन्त्री श्रेष्ठले समाज आधुनिकताको नाम पुराना संस्कृतिलाई भुल्दै जान थालेकोसमेत बताए । उनले मन्त्रालयले पुरानै शैलीमा संरचनाहरूको स्थापना गर्ने योजना बनाएको समेत बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *