काठमाडाैँ–२ मा विवेकशील साझाको उम्मेदवार बने धनेज थापा

काठमाडाैँ । विवेकशील साझा पार्टीले काठमाडोैँ निर्वाचन क्षेत्र नं. २ मा कृषिविद् धनेज थापालाई आगामी निर्वाचनमा प्रतिनिधिसभा सदस्यकाे उम्मेदवारका रूपमा प्रस्तुत गरेको छ ।

काठमाडोैँ क्षेत्र नं. २ मा शनिबार आयोजित एक कार्यक्रमबीच पार्टीका युवा नेता थापालाई उम्मेदवार घोषणा गरेको हो ।

धनेज थापा पिएचडी स्कलर हुन् । लामो समयदेखि भूमि, कृषि, जलवायु अनुकुलन/विपद् जोखिम न्यूनीकरणका क्षेत्रमा काम गरिरहेका थापाले आफ्नो क्षेत्रमा उच्च छवि बनाएका छन् ।

पछिल्लो समय थापाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परामर्शदाताको रुपमा समेत नीति निर्माणकाे क्षेत्रमा याेगदान गरेकाे पार्टीले जनाएकाे छ ।

विभिन्न संघ संस्थामा आबद्ध थापाले समाजसेवा तथा परोपकारका क्षेत्रमा समेत उल्लेख्य काम गरेकाे पार्टीकाे दाबी छ ।

काठमाडौँ क्षेत्र नं. २ का अगुवा, समाजसेवी, पार्टीका नेताहरु, व्यवसायी, नागरिकको उपस्थितिमा उनको उमेदवारी अनुमोदन गरिएको हो पार्टीका प्रवक्ता प्रकाशचन्द्र परियारले जनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =