‘साताका सात’ तस्बिर

खचाखच रङ्गशाला
छैटौँ साफ महिला च्याम्पियनसिपअन्तर्गत नेपाल र बङ्गलादेशबीच भएको फाइनल खेलमा दशरथ रङ्गशालाको भरिभराउ भिआइपी प्यारापिट ।

विजयोत्सव
छैटौँ साफ महिला च्याम्पियनसिप अन्तर्गत नेपाललाई १-३ गोल अन्तरले हराएर उपाधि जितेपछि दशरथ रङ्गशालामा खुसी बाँड्दै बङ्गलादेशी खेलाडीहरू ।

आकस्मिक उद्धार
सैनिक मञ्च टुँडिखेलमा संविधान दिवस मनाउने क्रममा एक सैनिक बिरामी भएपछि उद्धार गर्दै नेपाली सेनाको मेडिकल टिम र

राष्ट्रपतिको विरोध
२-२ पटक संसद्को दुवै सदनबाट बहुमतले पारित गरी पठाएको नागरिकता विधेयक पास नगरेको भन्दै गठबन्धन दलका विद्यार्थीहरू रत्नराज्य क्याम्पस अघि राष्ट्रपतिको पुत्ला जलाउँदै

बाली भित्र्याउने समय
काठ क्षेत्रमा अहिले धान काट्ने समय भएको छ ! काठमाडौँको उत्तरबाहिनी फाँटमा पाकेको धान काटिसकेपछिको दृश्य ।

सर्वोच्चमा सुरक्षा
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सर्वोच्च अदालतमा हाजिर हुन जाने भनेपछि उनलाई रोक्न सरकारले सर्वोच्च अदालतमा कडा पहरा दिएको थियो ।

आगलागीको विनाश
कपन लसुनटारस्थित टंक घिसिङको घरमा भएको आगलागी भएकाे हाे । प्रसिद्ध पर्वतारोही निर्मल पुर्जा मगरको एलाइट हिमालयन एड्भेन्चर नामक एजेन्सी रहेको उक्त घरमा पर्वतारोहणमा प्रयोग हुने अक्सिजन र इपी ग्यास विस्फोट हुँदा ठुलो आगलागी भएको थियो । आगलागीमा परि ३ जनाको घटनास्थलमा मृत्यु भयो भने १ जना घाइते छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *