दैलेखमा मोटरसाइकल चोरीको आरोपमा ४ जना पक्राउ

‍दैलेख । दैलेखमा मोटरसाइकल चोरी गरेको आरोपमा चार जनालाई मोटरसाइकल सहित प्रहरीले पक्राउ गरेको छ ।

बिहीबार बिहान तीन बजेको समयमा दैलेखको गुराँस गाउँपालिका वडा नं. १ पातल खोला स्थित घरबाट दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका वडा नं. ४ र ८ बस्ने ४ जना अभियुक्तहरूलाई २ वटा मोटरसाइकल (कर्णाली प्रदेश ००१ प २०९ , लु ८० प २०१८) चोरी गरी लिँदै गरेको र निजहरू चढी आएको (भे.४ प ८५८३, लु ८० प १९३५) नम्बरको मोटरसाइकल तथा चार जना अभियुक्तहरूलाई स्थानीय व्यक्तिहरूको सहयोगमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।

यस्तै जिल्ला प्रहरी कार्यालय दैलेखले जिल्ला अदालतबाट अनुमति लिई अनुसन्धान कार्य भइरहेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *