क्रान्तिकारी माओवादीले चुनाव बहिष्कार गर्ने, भाग लिनुकाे ‍औचित्य नरहेकाे भनाइ

काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) ले आगामी निर्वाचन बहिस्कार गर्ने निर्णय गरेको छ । बिहीबार सुर्खेतमा भएको पत्रकार भेटघाटमा नेकपा क्रान्तिकारी माओवादी कर्णाली प्रदेश समितिले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन बहिष्कार गर्ने जानकारी दिएको हो ।

यो निर्वाचनमा भाग लिनुको कुनै औचित्य नभएको र यतिबेला निर्वाचनमा कुनै पनि किसिमले भाग नलिने र बहिष्कार गरेको प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ । प्रेस विज्ञप्ति सार्वजनिक गर्दै क्रान्तिकारी माओवादी कर्णाली प्रदेश सेक्रेटरी दीपकबहादुर शाहीले निर्वाचनको निष्क्रिय बहिष्कार आत्मघाती हुने भएकोले सक्रिय बहिष्कार गरी यसको विकल्पको रूपमा संघीय जनगणतन्त्र स्थापना गर्न अघि बढ्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *