‘माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो’ भोलिदेखि, १३ देशका १५ सय खेलाडी सहभागी हुने

पोखरा । पोखरामा बिहीबारदेखि तेस्रो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप २०२२’ जि–२ र्‍याकिङ तथा ‘प्रथम जिसिएस माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला पुम्से च्याम्पियनसिप–२०२२’ हुँदैछ । प्रतियोगिताको तयारी पुरा भएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा सिनियर र जुनियर तर्फको १४ वर्षदेखि ६० वर्ष भन्दा माथि क्यारोगीतर्फ महिला र पुरुष गरी विभिन्न ८ वटा तौल समूहमा र पुम्सेतर्फ पनि १४ देखि ६० वर्ष भन्दा माथि एकल, जोडी र समूहमा प्रतिष्पर्धा हुने नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश सम्शेर राणाले जानकारी दिए ।

प्रतियोगितामा सहभागी हुन १३ देशका १ हजार ४ सय २५ खेलाडी पोखरा आइसकेका आयोजक समितिका सचिव जगन गुरुङले बताए । असोज ९ गतेसम्म चल्ने प्रतियोगिता बिहीबार मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उद्घाटन गर्ने कार्यक्रम छ ।

यसअघि दुई पटक सफलता पूर्वक काठमाडाैमा सम्पन्न भइसकेको उक्त प्रतियोगिता कोरोना संक्रमणका कारण २ वर्ष स्थगित भएको थियो । प्रतियोगिता पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्डहलमा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *